रामपुर (पाल्पा)- पाल्पा रामपुर नगरपालिका-५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा ९ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन्।
उनले गत वर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थिए। यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ।
ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन्। प्रति बिरुवा ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए। नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए।
यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ। बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ। ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आएका छन्।
प्रकाशित: १ साउन २०८२ १८:०६ | Thursday, July 17, 2025
प्रतिक्रिया



