माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

हिमाल प्रेस १ साउन २०८२ ७:१३ | Thursday, July 17, 2025
माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

रामेछाप- रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन्। यसका लागि युवा पुस्ताले बुढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन्। पनि गराइरहेका थिए।

आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरूको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम संगठन बनाएर काम गरिरहेका छन्।

संगठनले जिल्लाका माझी समुदायका विभिन्न १० स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोर किशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रममा बुधबार सम्पन्न भएको छ।

मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण माझीले भाषा र संस्कृति जोगिए मात्र माझीहरूको पहिचान जोगिने भन्दै टोलटोलमा यस्तो प्रशिक्षण कार्यक्रम गरिएको बताए।

मन्थलीस्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तीटार, सेलेघाट भटौली र खाँडादेवी गाउँपालिकाको रजगाउँ गरी माझी समुदाय रहेको विभिन्न १० स्थानमा माझी समुदायका बालबालिका र किशोर किशोरीलाई प्रशिक्षण दिइएको उनले बताए।

पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताए।

माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुर्ख्यौली पेसा हो। पछिल्लो समय नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुर्ख्यौली पेसा संकटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ।

भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको थियो।

यसरी युवाले चासो राखेमा माझी समुदायको भाषा र संस्कृति जोगाउन सहज हुने स्थानीय जङ्गवीर माझी बताउँछन्। रासस

प्रकाशित: १ साउन २०८२ ७:१३ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast