रामकृष्ण ढकालले पनि गरे गाली गर्नेकाे आइडी सार्वजनिक, साइबरमा उजुरी

हिमाल प्रेस ३१ असार २०८२ १३:३८
6
SHARES
रामकृष्ण ढकालले पनि गरे गाली गर्नेकाे आइडी सार्वजनिक, साइबरमा उजुरी

काठमाडौँ- कलाकारहरूमाथि बर्सिरहेका भद्दा प्रतिक्रियाहरूविरुद्ध अहिले अभियान चलिरहेको छ। विभिन्न कलाकारहरूले नराम्रो कमेन्ट गर्नेहरूको आइडी सार्वजनिक गरिरहेका छन्।

अभिनेत्री ऋचा शर्माबाट सुरू भएको यो अभियानमा गायिका एलिना चौहान, समीक्षा अधिकारीसहित अहिले गायक रामकृष्ण ढकाल पनि जोडिएका छन्।

गायक ढकालले मंगलबार फेसबुकमा लामो स्टाटससहित आफूविरुद्ध अत्याचार गरिरहेको ४ जनाको आइडी बाहिर ल्याएका छन्। वास्तविकसहित  फेक आइडी बनाएर गालिगलौज गर्ने गरेको भन्दै उनले तीन व्यक्तिको टिकटक र एकको फेसबुक आइडी सार्वजनिक गरेका छन्।

उनले आफूलाई अत्याचार गर्नेहरूविरुद्द प्रहरीमा उजुरी दिएको र केहीले सजाय भोगिरहेकोसमेत खुलाएका छन्, ‘सबै कुरा मनन गरेर मैले यी तस्बिरहरू सार्वजनिक गरेको छु। यी यस्ता केही अपराधीहरू हुन् जसमध्ये केहीले ७ वटा भन्दा बढी फेक आइडी बनाई अत्याचार गरिरहेका थिए। केहीले त रियल आइडीबाटै यो अपराध गरिरहेका थिए। यिनीहरूमध्ये केही अहिले प्रहरीको हिरासतमा छन भने केही निगरानी र खोजीको सूचीमा छन्।’

अपमान सहन नसकेर अन्य कलाकारलेझैं गलत कार्यको भण्डाफोर गर्न प्रतिरोधी अभियानमा उभिएको बताएका छन्। ‘अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान। सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस्।’ उनले आक्रोश भावमा लेखेका छन्।

संघर्ष गरेर आम मानिसलाई मनोरञ्जन दिइरहेकाका कलाकारमाथि बर्सिने तुच्छ गालीको असरले उनीहरूको जीवनमा पर्ने प्रभावबारे सबैजना गम्भीर हुनुपर्ने उनले उल्लेख गरेका छन्।

प्रकाशित: ३१ असार २०८२ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast