‘जनै हराएको मान्छे’ को टिजरमा युवाको कोरिया जाने सपना र संघर्ष

हिमाल प्रेस ३१ असार २०८२ ११:०२ | Tuesday, July 15, 2025
‘जनै हराएको मान्छे’ को टिजरमा युवाको कोरिया जाने सपना र संघर्ष

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ। टिजर फिल्मका मुख्य पात्र विजय बरालको संघर्षमा केन्द्रित छ।

टिजरमा कोरिया जाने सपना बोकेर सहर छिरेका विजयको संघर्ष र उतारचढावको कथा देखाइएको छ। फिल्ममा विजयको चरित्रको सपना, संघर्ष, प्रेम र धोकाको समीश्रण नै  प्रस्तुत गरिएको छ।

विजयसँगै फिल्ममा केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारको अभिनय छ।

हिमाल न्यौपानेले निर्देशन गरेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ।

फिल्मका असोसियट निर्देशकमा मनिष राउत छन्। पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्।

प्रकाशित: ३१ असार २०८२ ११:०२ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast