सामुदायिक विद्यालयमा गुणस्तरीय बाल विकास केन्द्र स्थापना गर्ने मेयर बालेन शाहको घोषणा

हिमाल प्रेस २९ असार २०८२ १५:३४ | Sunday, July 13, 2025
12
SHARES
सामुदायिक विद्यालयमा गुणस्तरीय बाल विकास केन्द्र स्थापना गर्ने मेयर बालेन शाहको घोषणा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरअन्तर्गतका सबै सामुदायिक विद्यालयमा गुणस्तरीय प्रारम्भिक बाल विकास केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।

आइतबार राष्ट्रिय सभागृहमा महानगरको १७औँ नगरसभामा नगरप्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

शाहका अनुसार प्रारम्भिक बाल विकासमा लगानी बढाएर शिक्षाको आधार बलियो बनाइनेछ। ‘हामीले शिक्षालाई परिवर्तनको जग ठानिरहेका छौँ। प्रारम्भिक बाल विकास केन्द्र गुणस्तरीय बनाइन्छ,’ उनले नगरसभामा सम्बोधन गर्दै भने।

काठमाडौँ महानगरपालिकाअन्तर्गतका विद्यालयमा महानगरले यसअघि पनि विद्यालय सुधार कार्यक्रम, विद्यार्थी पोषण र डिजिटल शिक्षा योजनाहरू अघि सारेको थियो। यसपटक प्रारम्भिक तहमै सीप र स्नेहयुक्त सिकाइ वातावरण निर्माण गर्ने योजनासहित बाल विकास केन्द्र स्थापनामा जोड दिइएको हो।

महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक नीति तथा कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरणमैत्री विकासलाई प्राथमिकता दिएको छ।

प्रकाशित: २९ असार २०८२ १५:३४ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast