सांसद सुमना श्रेष्ठको प्रश्न – मानव तस्करलाई डर छैन, सरकार किन मौन?

हिमाल प्रेस २९ असार २०८२ १३:५४
14
SHARES
सांसद सुमना श्रेष्ठको प्रश्न – मानव तस्करलाई डर छैन, सरकार किन मौन? सुमना श्रेष्ठ। फाइल तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभामा गम्भीर प्रश्न उठाउँदै राज्यको संरक्षणमा मानव तस्करी भइरहेको बताएकी छन्। उनले प्रशासनिक संयन्त्रको उदासीनता, राजनीतिक संरक्षण र तस्करीसम्बन्धी बेवास्तालाई आलोचना गरेकी हुन्।

यसैगरी उनले प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा केही नेपाली उतै छाडेको विषयमा पनि सदनको ध्यानाकर्षण गराइन्। श्रेष्ठले भनिन्, ‘हामीले उठाउँदै आएको विषय स्पेनको घटनाले झन् पुष्टि गर्‍यो- यो कति महत्वपूर्ण छ भन्ने। तर दुःखको कुरा के छ भने सदनमा आन्दोलन भइरहँदा पनि बिचौलियाहरूमा न डर, न लाज, न संकोच देखिन्छ। किन? किन डराएका छैनन् तस्करहरू?’

उनले भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानिबन कार्यदलको कुनै औचित्य नरहेको बताइन्। श्रेष्ठले २०७८ फागुनमा गठित ‘भिजिट समस्या समाधान कार्यदल’ को प्रतिवेदनप्रति पनि संकेत गर्दै भनिन्, ‘प्रतिवेदन गृह मन्त्रालयको कुनामा धुलो थुपारेर बसेको छ। अहिले फेरि त्यस्तै कार्यदल बनाउने सरकारको कदम आँखामा छारो हाल्ने प्रयास मात्रै हो।’

उनले भिजिट भिसा प्रकरणमा कर्मचारीले मात्रै छानबिन गर्न नसक्ने बताइन्। यसलाई नीतिगत सुधार गर्नुपर्नेमा गाग उनको छ। श्रेष्ठले भनिन्, ‘कोभिडपछि दुबईमा नेपालीहरू भिसा समस्यामा परे। अहिले युरोपतिर तस्करी भइरहँदा सरकार फेरि कार्यदल बनाइरहेको छ। कर्मचारीले मात्रै समाधान गर्न सक्दैनन्, यो त नीतिगत सुधारको विषय हो।”

श्रेष्ठले संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोगको माग पुनः दोहोर्‍याउँदै सरकारप्रति कटाक्ष गरिन्। उनले भनिन्, ‘एक व्यक्तिको डरले सिंगो सरकारले जनताको पीडा नसुन्ने हो? सरकार डराउँछ, तस्करहरू निर्भीक हुन्छन्?’

उनले आयोग र कार्यालय प्रमुखहरूको नियुक्तिमा राजनीतिक सेटिङ हुने गरेको बताइन्।

सांसद श्रेष्ठले मन्त्रिपरिषद्को आन्तरिक भ्रष्टाचार र मिलेमतोबारे पनि टिप्पणी गर्दै भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउने भन्नेमा सेटिङ, भूमि आयोगमा नियुक्ति सेटिङ। भूमि विधेयकलाई फास्ट ट्रयाक गर्न खोज्नुको उद्देश्य के हो?’

श्रेष्ठले एमालेले असार २०७९ मा हतियार खरिदमा विरोध गर्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएको घटनालाई स्मरण गर्दै भनिन्, ‘अहिले फेरि ठेक्का ब्युँताउने समाचार आउँदा चुप किन? २/३ को सुशासन भनेको आफ्नोलाई चैन, अरुलाई ऐन नै ऐन?’

उनले ‘बा’ भनेर अडियो टेपमा उल्लेख भएको पात्रबारे पनि स्पष्टता मागिन्।

उनले सरकारलाई जवाफदेही बनाउन सदनले प्रश्न मात्र होइन, अब रुलिङ गर्नुपर्नेमा जोड दिइन्। उनको प्रश्न छ, ‘जनताले बिर्सेका छैनन् – पुराना अडियो काण्डहरू। २/३ बहुमतको प्रयोग जनताको सेवामा होइन, मिलिभगतको लोभमा भएको हो?’

सांसद सुमना श्रेष्ठले बोलेपछि रास्वपाले आज पनि बहिष्कार गर्‍यो प्रतिनिधिसभा

प्रकाशित: २९ असार २०८२ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast