नेसपा नयाँ शक्ति कास्कीको विस्तारित बैठक सम्पन्न, संगठन विस्तार सुरु 

हिमाल प्रेस २९ असार २०८२ १०:२२
74
SHARES
नेसपा नयाँ शक्ति कास्कीको विस्तारित बैठक सम्पन्न, संगठन विस्तार सुरु 

पोखरा- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्की जिल्ला समितिको विस्तारित बैठक पोखरामा सम्पन्न भएको छ। बैठकमा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो। बैठक जिल्ला अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा र केन्द्रीय सदस्य टिकाराम पौडेलको प्रमुख आतिथ्यमा बसेको हो।

कार्यक्रममा केन्द्रीय सदस्यहरू दुर्गा गुरुङ, कर्ण गुरुङ, लालबहादुर विक, प्रदेश संयोजक नेत्र चापागाईं, निवर्तमान केन्द्रीय सदस्य दीपक भण्डारी, शिवबहादुर अधिकारी र निवर्तमान प्रदेश सचिव सुनिल पौडेल सहभागी थिए।

बैठकको सञ्चालन विशाल तिमिल्सिनाले गरेका थिए भने स्वागत मन्तव्य तिलक तिवारीले राखेका थिए। बैठकमा संगठन विस्तार, समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, जनसंघर्षलाई थप सशक्त बनाउने रणनीति तथा आगामी कार्यदिशाबारे गहिरो छलफल भएको थियो। सहभागी नेताहरूले पार्टीको सांगठानिक बल मजबुत बनाउन सबै तहमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

बैठकले कास्की जिल्लाका विभिन्न क्षेत्र र पालिकाहरूका लागि संयोजक तथा सहसंयोजकहरूको जिम्मेवारी तोकेको छ। क्षेत्र नं. १ मा नारायण सुवेदी, क्षेत्र नं. २ मा दीपक भण्डारी, क्षेत्र नं. ३ मा सिवबहादुर अधिकारीलाई जिम्मा दिइएको छ।

यस्तै, रूपा गाउँपालिकामा कार्यलय, पोखरा महानगरपालिकामा तिलक तिवारी, मादी गाउँपालिकामा अपार अधिकारी, माछापुच्छ्रे गाउँपालिकामा आर.सी.के.सी. र अन्नपूर्ण गाउँपालिकामा चेतनाथ भण्डारीलाई संयोजनको जिम्मेवारी दिइएको छ।

विद्यार्थी संगठनतर्फ समाजवादी विद्यार्थी युनियन कास्की संयोजकमा राजन भण्डारी, गण्डकी विश्वविद्यालय संयोजकमा सदिक्षा खनाल र सहसंयोजकमा सुविना राई तोकिएका छन्। बैठकमा राजन भण्डारीको पहलमा करिब तीन दर्जन युवा विद्यार्थीलाई पार्टीमा स्वागत गरिएको छ।

पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेल, दुर्गा गुरुङ, कर्ण गुरुङ, प्रदेश संयोजक नेत्र चापागाईं, सल्लाहकार हस्त कुँवर र तिलक तिवारीले खादा, गाला टीका लगाई उनीहरूलाई पार्टी सदस्यता प्रदान गरेका थिए।

बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा आगामी २०८२ साउन ११ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गर्ने निर्णयअनुसार कास्की जिल्लामा पनि सोही दिन धर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित: २९ असार २०८२ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast