अहिलेका सातवटै प्रदेश काम लाग्दैन : उपेन्द्र यादव

हिमाल प्रेस २८ असार २०८२ १८:५६
32
SHARES
अहिलेका सातवटै प्रदेश काम लाग्दैन : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले निर्माण गरिएका सातवटै प्रदेश कामविहीन रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजिन पार्टीसम्बद्ध दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटिम) को राष्ट्रिय भेलामा बोल्दै उनले पहिचानका आधारमा संरचना तयार नपारिएकाले सातवटै प्रदेशहरू काम नलाग्ने बताएका हुन्।

अध्यक्ष यादवले सबैभन्दा पछि परेकाहरूका लागि छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने उल्लेख गरे।

त्यस्तै उनले अहिलेको निर्वाचन प्रणाली पनि काम नलाग्ने रहेको बताए। यादवले समानुपाति निर्वाचन प्रणालीबाट मात्र सबै समुदायको न्यायोचित प्रतिनिधित्व सम्भव हुने उल्लेख गरे।

उत्पीडित समुदाय एकताबद्ध नभएसम्म भेदभावको अन्त्य नहुने उनले बताए। फुटाएर राज गर्ने नीति चलिरहने र आफूहरू एकआसापमा लडिरहने उनको भनाइ थियो।

‘जबसम्म उत्पीडित वर्ग एक आपसमा मिल्दैनन्, अन्तरघुलन हुँदैन, भेदभाव पनि अन्त्य हुँदैन,’ यादवले भने,‘फुटाउने र राज गर्ने नीति चलिरहन्छ। हामी एकअपासमा लडिरहने छौँ। उपलब्धि केही हात लाग्दैन। बरू प्राप्त उपलब्धि समेत गुम्ने छ।’

प्रकाशित: २८ असार २०८२ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast