चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

हिमाल प्रेस २७ असार २०८२ १८:३२ | Friday, July 11, 2025
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु प्रतिकात्मक तस्बिर।

चितवन- पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको आज (शुक्रबार) मृत्यु भएको हो।

मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि आज बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो।

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित: २७ असार २०८२ १८:३२ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast