गरिबका छोराछोरीलाई उत्कृष्ट शिक्षा सार्वजनिक विद्यालयमै : शिक्षामन्त्री पन्त

हिमाल प्रेस २६ असार २०८२ १५:१०
162
SHARES
गरिबका छोराछोरीलाई उत्कृष्ट शिक्षा सार्वजनिक विद्यालयमै : शिक्षामन्त्री पन्त

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गरिब र निमुखा वर्गका छोराछोरीलाई निजी विद्यालयभन्दा राम्रो शिक्षा सार्वजनिक विद्यालयमा उपलब्ध गराउनु सरकारको प्राथमिकता भएको बताएका छन्।

राष्ट्रिय सभाको अठारौँ अधिवेशनको २९औँ बैठकमा शिक्षासम्बन्धी मौखिक उत्तर दिँदै मन्त्री पन्तले भने, ‘अरबपतिले त सामाजिक हैसियत देखाउन निजी विद्यालयमा छोराछोरी हाल्छ तर त्यस्तो क्षमता नभएकाका लागि गुणस्तरीय शिक्षा सार्वजनिक विद्यालयमै उपलब्ध गराउनु आवश्यक छ।’

उनले सरकारको लगानी, ध्यान र परिश्रम सामुदायिक विद्यालयको सुधारमा केन्द्रित रहने स्पष्ट पारे। ‘समयअनुसारको गुणस्तरीय शिक्षा गरिबका छोराछोरीले पाउन सकून् भन्ने सरकारको चाहना हो,’ मन्त्री पन्तले भने।

प्रकाशित: २६ असार २०८२ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast