
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।
छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र एमाले उपमहासचिवसमेत रहेका प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत पनि सहभागी छन्।
कांग्रेसको बैठक लगत्तै देउवा ओलीसँगको छलफलको लागि भएका हुन्।
प्रकाशित: २४ असार २०८२ १२:०८
प्रतिक्रिया