काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गरेका छन्। राष्ट्रपति पौडेल पत्नी सबिता पौडेलसहित छाउनी संग्रहालय अवलोकन गर्न गएका हुन्।
उनलाई पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांग, संग्रहालयकी प्रमुख अरुणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयकी प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए।
नेपाली सेनाको सैनिक संग्रहालयमा पुग्दा राष्ट्रपतिलाई नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए। सैनिक संग्रहालयबारे संग्रहालय प्रमुख सेनानी गेलान लामाले जानकारी गराएका थिए। पौडेललाई राष्ट्रिय संग्रहालयबारे प्रमुख नकर्मीले जानकारी गराएकी थिइन्।
 
 
 
 
 
                            प्रकाशित: २२ असार  २०८२ १५:२० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


