‘डिजिटल कांग्रेस निर्माण’ लाई तीव्रता दिनुपर्छ : सुशीला मिश्र भट्ट

हिमाल प्रेस २१ असार २०८२ १०:४६
18
SHARES
‘डिजिटल कांग्रेस निर्माण’ लाई तीव्रता दिनुपर्छ : सुशीला मिश्र भट्ट

सुर्खेत- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सुशीला मिश्र भट्टले नेपाली कांग्रेसले ‘डिजिटल कांग्रेस निर्माण’को कामलाई तीव्रता दिनुपर्ने बताएकी छिन्।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा शुक्रबार उनले कांग्रेसले पार्टीलाई डिजिटल युगतर्फ अगाडि बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कामलाई तिव्रता दिनुपर्ने बताएकी हुन्।

कार्यक्रममा उनले डिजिटल युगतर्फ उन्मुख गराउने लक्ष्यसहित विज्ञान तथा सूचना प्रविधि विभागले पार्टीलाई थप सशक्त बनाउने लक्ष्य सहित केही विवरण पार्टीलाई हस्तान्तरण गरिसकेको बताएकी छन्।

विज्ञान तथा सूचना प्रविधि विभाग, नेपाली कांग्रेसले पार्टीलाई डिजिटल युगतर्फ उन्मुख गराउने लक्ष्यसहित ‘डिजिटल कांग्रेस निर्माण’को अवधारणामा आधारित विभिन्न रणनीतिक पहलहरू सन्चालनको तयारी सुरु गरिसकेको बताइन्।

उनले भनिन्, ‘पार्टीले जिल्ला तहलाई डिजिटल रूपले सक्षम र सशक्त बनाउन प्रशिक्षणमा आधारित कार्यक्रम तयार गरेर पार्टीलाई प्रस्तावित डकुमेन्ट विभागबाट हस्तान्तरण गरिएको छ।’

नेपालमा दक्ष सम्बन्धी नीति,उपयोग, अवसर र सम्भावित जोखिमहरु बारे बिज्ञहरु सहितको कार्यक्रम केही दिनमै आयोजना गर्ने तयारी रहेको समेत ब्यक्त गरिन्।

पार्टीको १०० दिने विशेष अभियानमा पार्टीले आफूलाई बर्दिया जिल्लामा खटाएको र २०८१ कात्तिक २४ गते लौह पुरुष गणेशमान सिंह एवं नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण समशेरको स्मृति दिवशको अवसरमा अभियानको उद्घाटन भई अभियान सम्बन्धी जानकारी र जिल्लामा खटिने प्रतिनधिलाई अभिमुखीकरण गरिएको बैठकमा जानकारी गराइन्।

प्रकाशित: २१ असार २०८२ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast