सन्दीप लामिछानेले एनपीएल दोस्रो सिजन विराटनगरबाटै खेल्ने

हिमाल प्रेस २१ असार २०८२ ९:२३
18
SHARES
सन्दीप लामिछानेले एनपीएल दोस्रो सिजन विराटनगरबाटै खेल्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि विराटनगर किंग्सले मार्की खेलाडी सन्दीप लामिछानेलाई रिटेन गरेको छ। विराटनगरले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई दोहोर्‍याउने खबर सार्वजनिक गरेको हो।

पहिलो सिजनमा लामिछाने विराटनगरबाट कप्तान र मार्की थिए। पहिलो सिजन लामिछाने र विराटनगरकै लागि पनि सम्झनलायक रहेन। विराटनगरले पहिलो सिजनमा दुई खेलमा मात्र जित निकाल्यो भने लामिछानेले प्रतियोगिताभर ६ विकेट मात्र लिन सफल भए। तर पनि विराटनगरले उनलाई नै निरन्तरता दिएको छ।

प्रकाशित: २१ असार २०८२ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast