
काठमाडौँ- शुक्रबार निधन भएकी कलाकार लक्ष्मी श्रेष्ठ ‘अप्सरा’को शव दाहसंस्कारका लागि पशुपतिस्थित आर्यघाट पुर्याइएको छ। उनलाई आर्यघाटमै कलाकारहरूमार्फत श्रद्धाञ्जली दिइने र त्यसपश्चात दाहसंस्कार गरिने जनाइएको छ।
कलाकार सुशीला निरौला ‘विमली’का अनुसार बिहानै आर्यघाट पुर्याएर दाहसंस्कार गर्न लागिएको हो।
शुक्रबार बेलुका ९ बजेतिर उनको निधन भएको हो। लामो समयदेखि क्यान्सर पीडित उनको शुक्रबार घरमै निधन भएको हो।
प्रकाशित: २१ असार २०८२ ८:१२
प्रतिक्रिया