ढुंगा लागेर टहरामा सुतेका दिदीबहिनीको मृत्यु

हिमाल प्रेस २० असार २०८२ ६:०१
18
SHARES
ढुंगा लागेर टहरामा सुतेका दिदीबहिनीको मृत्यु

सुर्खेत- जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदीबहिनीको ढुंगा लागेर मृत्यु भएको छ।

बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।

नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुंगा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए।

प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए।

प्रकाशित: २० असार २०८२ ६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast