
काठमाडौँ- आम जनता पार्टी (आजपा) ले तल्लो तहमा काम गर्ने श्रेणीविहीन कर्मचारीहरूको माग सम्बोधन गर्नका लागि बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापनपत्र बुझाएको छ।
प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक २०८२’ मा श्रेणीविहीन कर्मचारीलाई प्रवेश निषेध गरेपछि आजपाले विरोध जनाएको छ।
आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा श्रेणीविहीन कर्मचारीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न गराउन विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने माग गरेको छ।
प्रकाशित: २० असार २०८२ ५:५६
प्रतिक्रिया