संविधानका उपलब्धि उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड

हिमाल प्रेस १९ असार २०८२ १६:२९
16
SHARES
संविधानका उपलब्धि उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमा भएका महत्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका छन्।

बिहीबार काठमाडौँमा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रुपरेखा लोकर्पण गर्दै प्रचण्डले प्रतिक्रियावादीलाई अनुकूल बनाउन संविधानमा भएका महत्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका हुन्।

प्रचण्डले जनवादी प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो भनेर प्रचार गरिएको उल्लेख गर्दै अहिले संसदमा त्यस्तै देखिएको जिकिर गरे।

समितिको प्रतिवेदनमा भइरहेका छेडखानीले बाहिर देखाउने एउटा र भित्र अर्कै खेल हुने गरेको पुष्टि भएको उनले बताए।

प्रचण्डले आफ्नो नेतृत्वमा प्रत्येक पटक सरकार बन्दा समाजवादतर्फ देशलाई लैजान बल गरेको भन्दै बुद्धिजिवीले त्यस कुरालाई बुझ्न नसकेको आरोप लगाए।

प्रचण्डले समाजवादको बहस गर्ने सवै प्रकारका फोरमलाई स्वागत गर्नुपर्ने उल्लेख गरे।

प्रकाशित: १९ असार २०८२ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast