
झापा- बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो।
गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो।
प्रकाशित: १९ असार २०८२ ८:४६
प्रतिक्रिया