
इटहरी- सुनसरीमा स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गढी गाउँपालिका–६ मझौस्थित लिटिल बड्ज एकेडेमी बसले किचेर स्थानीय श्रवण उरावका ३ वर्षीय छोरा आयुष उरावको निधन भएको हो।
स्कुल बसबाट ओर्लिने क्रममा मंगलबार दिउँसो ४ः२० बजेतिर ग १ ख २०१२ नम्बरको बसको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बसबाट ओर्लने क्रममा बालक चक्कामुनि परेका थिए। घटनापछि स्कुल बस चालक गढी ३ का विनोद कुमार मेहता फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
स्कुल बसलाई प्रहरी नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १८ असार २०८२ ९:०५
प्रतिक्रिया