चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

हिमाल प्रेस १७ असार २०८२ ६:४२
8
SHARES
चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ। निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुंगीको प्रजननको समय भएकाले आजदेखि लागू हुने गरी जिप सफारी बन्द गरेको जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो। त्यति बेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ।

वर्षाको समय जंगली जनावरका लागि प्रजननको समय मानिन्छ। मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जंगली जनावरको वासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको हो।

मगरका अनुसार बर्खायामको समयमा निकुञ्जको बाटोहरू बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो।

निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ। निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौ वटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन्।

निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जिप सफारी नियमित सञ्चालन हुनेछ।

प्रकाशित: १७ असार २०८२ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast