शिक्षा विधेयक पास गरेर देखाउन कांग्रेस प्रमुख सचेतक घिमिरेको चुनौती

हिमाल प्रेस १६ असार २०८२ १७:५३ | Monday, June 30, 2025
शिक्षा विधेयक पास गरेर देखाउन कांग्रेस प्रमुख सचेतक घिमिरेको चुनौती

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० माथिको छलफल निर्णायक चरणमा पुगेका बेला सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक तथा शिक्षा समिति सदस्य श्यामकुमार घिमिरेले विधेयक पास गरेर देखाउन सांसदहरूलाई चुनौती दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा घिमिरेले विधेयकमा नेपाली कांग्रेसको गम्भीर असहमति रहेको बताउँदै असहमतिको बाबजुद पनि विधेयक जबरजस्ती पारित गरेर देखाउन चुनाैती दिए।

घिमिरेले बैठकमा यति भने,‘विधेयक बनाउने कुरामा कसको असहमति छ? विधेयक ल्याउने षड्यन्त्रमा मान्य मन्त्रीजी र म किन लाग्नुपर्यो? यस्तो अन्यथा कुरा नगरौं। ५ वर्षमा पेन्सन दिने निर्णय पनि गरेका छौं। कसको दबाबमा गर्यौं? यो निर्णय शिक्षक महासंघको आन्दोलनको दबाबमा गरिएको हो। भनेर हुन्छ? आन्दोलनको दबाबमा ६० प्रतिशत निर्णयहरू भएका छन्। ६०/४० को प्रस्ताव मेरो पार्टीको हो। यही नै गरौं। म पनि खुलालाई बढी जोड दिने मानिस हुँ। यो विधेयक जस्ताको तस्तै पास गर्ने हो भने कांग्रेसको यसमा सहमति रहँदैन। कांग्रेसको असहमतिको बाबजुद पनि विधेयक पास गरेर तपाईँहरूले पठाउनुहुन्छ भने पठाउनुस्। धन्यवाद छ। मचाहिँ हिँड्छु।’

समितिमा बहस चर्किंदै जाँदा विधेयकको भविष्य अनिश्चित बन्दै गएको छ।

प्रकाशित: १६ असार २०८२ १७:५३ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast