काठमाडौँ- शिक्षा विधेयक अन्तिम चरणमा पुगेको बेला शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्यहरू शिक्षामन्त्री रघुजी पन्त र समिति सभापति अम्मरबहादुर थापाप्रति आक्रोश व्यक्त गरेका छन्।
शिक्षामन्त्री पन्तले केही विषयमा नेपाल शिक्षक महासंघसँग वार्ता भइरहेको र अझै छलफल गर्नुपर्ने भएकाले समिति बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए।
समिति सदस्यको आक्रोशपछि सभापति थापाले बैठक सुरु गरेका हुन्। बैठकमा समिति सदस्यहरूले राति १२ बजेसम्म बसेर भए पनि विधेयक समितिबाट पारित गर्नुपर्ने बताएका छन्।
समिति सदस्यहरूले सभापति थापालाई आजै टुंग्याउन दबाब दिएका छन्।
प्रकाशित: १६ असार २०८२ १६:४९ | Monday, June 30, 2025
प्रतिक्रिया





