नेप्से परिसूचक बढ्यो

हिमाल प्रेस १६ असार २०८२ १६:१५ | Monday, June 30, 2025
नेप्से परिसूचक बढ्यो

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचक बढेको छ। आज नेप्से परिसूचक नौ दशमलव १९ अंकले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो।

आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार ३७१ पटक खरिदबिक्री हुँदा ६ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ मूल्य बराबरको कारोबार भएको छ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, होटल तथा पर्यटन शून्य दशमलव ०३, जलविद्युत् शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै एक दशमलव ६३ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ३८, विकास बैंक शून्य दशमलव ७२, लगानी शून्य दशमलव ०२, जीवन बिमा शून्य दशमलव ८२, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ६१ र व्यापार समूह शून्य दशमलव ७२ प्रतिशतले बढेको छ।

आजको कारोबारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ९२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहास ऊर्जा लिमिटेडको ३६ करोड ५३ लाख ९८ हजार ४८८ मूल्य बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड सात लाख १५ हजार ९३९ कित्ता खरिदबिक्री भएको छ।

प्रकाशित: १६ असार २०८२ १६:१५ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast