
काठमाडौँ- गुल्मी-कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। पहिरोले उक्त सडकखण्ड अवरुद्ध भएको हो।
आज बिहान गुल्मी कालीगण्डकी गाउँपालिका-२ राक्सेस्थित कालीगण्डकी करिडोरमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ।
सडक पूर्णरूपमा अवरुद्ध भएको र खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रकाशित: १६ असार २०८२ ८:१८
प्रतिक्रिया