
काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्ने बताएका छन्।
कृषि विभागले आज (आइतबार) आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले मुलुकमा दिगो र समृद्ध अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताएका हुन्। कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले कृषि पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कृषक कल्याणका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउन उनीहरूको जीवनस्तर सुधार गर्नुपर्ने त्यसका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताए।
प्रकाशित: १५ असार २०८२ २१:१८
प्रतिक्रिया