शिक्षा विधेयक : बाल विकास सहजकर्तालाई ‘शिक्षक’ भन्ने कल्पना नै नगरौं : सांसद हजारा

हिमाल प्रेस १५ असार २०८२ १५:१४
3.3k
SHARES
शिक्षा विधेयक :  बाल विकास सहजकर्तालाई ‘शिक्षक’ भन्ने कल्पना नै नगरौं : सांसद हजारा

काठमाडौँ- संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुँदा बाल विकास (ईसीडी) सहजकर्ता पदको परिभाषा र हैसियतबारे बहस चर्किएको छ।

सत्तारूढ नेकपा एमालेका सांसद तथा समितिका सदस्य प्रभु हजाराले बाल विकासका कार्यकर्तालाई ‘शिक्षक’ भन्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। उनले बोर्डिङ स्कुलहरूमा समेत यस्ता कर्मचारीलाई ‘शिक्षक’ नभनी ‘सहयोगी’ वा ‘सिस्टर’ भनिने परिपाटी रहेको बताए।

बैठकमा उनले भने,‘बोर्डिङमा बाल विकास शिक्षक भन्ने चलन छैन। सहयोगी नै भन्छन्। सिस्टर नै भन्छन्। त्यस कारण बाल शिक्षामा हामीले शिक्षक भन्नुभन्दा पनि सहयोगी भन्नु नै उपयुक्त हुन्छ। शिक्षक भन्ने कल्पना नै नगरौं। विगतदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हुँदै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा व्ययभारको कुरा उठेको छ। तीन तीन जना पूर्वमन्त्रीहरू पनि यो बैठकमा हुनुहुन्छ। ३३ अर्बको कुरा छ। एक वर्ष ईसीडी राखेर त्यसपछि क्रमशः राख्दा बेग्लै पाटो हो। १ कक्षादेखि माथि पढाउनेलाई मात्रै शिक्षक भनौं। बाल विकास सहजकर्तालाई शिक्षक भन्नु उपयुक्त हुँदैन।’

हजाराको यस्तो अभिव्यक्तिप्रति पूर्वशिक्षामन्त्री तथा सांसद विद्या भट्टराईले आपत्ति जनाइन्। उनले बाल विकास सहजकर्ताहरूलाई पनि ‘शिक्षक’ कै सम्मान दिनुपर्ने धारणा राख्दै हजाराको भनाइप्रति असहमति जनाइन्। भट्टराईको तर्कमा शिक्षाको आधारभूत सुरुवात बाल विकास केन्द्रबाट हुने भएकाले उनीहरूलाई सहयोगीको रूपमा होइन, शिक्षकको रूपमा सम्बोधन गर्नुपर्ने छ।

प्रकाशित: १५ असार २०८२ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast