यस्तो छ ‘यो मन त मेरो नेपाली हो’ काे ट्रेलर

हिमाल प्रेस १५ असार २०८२ १२:०२ | Sunday, June 29, 2025
यस्तो छ ‘यो मन त मेरो नेपाली हो’ काे ट्रेलर

काठमाडौँ- फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नेपाली भाषा, साहित्य, कलाको इतिहास र  महत्वलाई देखाउन खोजिएको छ।

फिल्म नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणका लागि गर्ने संघर्षको कथावस्तुमा बनाएको निर्देशक मित्र प्रधानले बताए। अभिनेता विजय बरालले फिल्मले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताए।

यही असार २७ मा प्रदर्शन हुने फिल्ममा विजय बराल, विल्सन विक्रम राई, आयुषा समाल, रोशन श्रेष्ठ, बुद्धि तामाङ, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलालगायत कलाकारको अभिनय छ। फिल्मको कथा शिवम् अधिकारीले लेखेका छन्।

पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्मका प्रस्तुतकर्ता मित्र प्रधान हुन्। ज्ञान बहादुर प्रधान (रोशन) निर्माता रहेको फिल्म सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादनमा बनेको छ।

 

प्रकाशित: १५ असार २०८२ १२:०२ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast