सुनसरीमा दुई वटा मोटरसाइकल एकापसमा दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

हिमाल प्रेस १५ असार २०८२ ९:१६
12
SHARES
सुनसरीमा दुई वटा मोटरसाइकल एकापसमा दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

इटहरी- सुनसरीमा दुई वटा मोटरसाइकल एकापसमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्।

रामधुनी नगरपालिका-७ स्थित चतरा कान्छीचोक सडक खण्डमा शनिबार साँझ करिब ७ः२० बजे कान्छीचोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र कालाबन्जारबाट विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी रामधुनी नगरपालिका-६ का ३४ वर्षीय इनर्चन चौधरी, उनकी श्रीमती ३२ वर्षीया प्रतीक्षा चौधरी र ९ वर्षीय छोरा प्रणिश चौधरी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो।

घाइते इनर्चन र प्रणिशको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ९ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रतीक्षाको अवस्था गम्भीर छ।

त्यस्तै, अर्को मोटरसाइकलमा सवार इनरुवा-६ निवासी ५० वर्षीय चालक बिन्दु यादवको पनि उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०८२ ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast