दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

हिमाल प्रेस १४ असार २०८२ १९:३४ | Saturday, June 28, 2025
दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ– बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीबाट लागुऔषध गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौँडाबाट बारातर्फ आउँदै गरेको प्र. ३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई शनिबार पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुर थाहा नगरपालिका–४ पालुङका २८ वर्षीय रवि कार्की, सोही नगरपालिका–१२ टिसटुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका–१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोक निवासी ३१ वर्षीय महेश तमाङलाई पक्राउ गरिएको हो।

प्रकाशित: १४ असार २०८२ १९:३४ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast