भिरबाट लडेर महिलाको मृत्यु

हिमाल प्रेस १४ असार २०८२ ७:५९ | Saturday, June 28, 2025
भिरबाट लडेर महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भिरबाट लडेर मृत्यु भएको हो। शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो। धामीका श्रीमान, एक छोरा र एक छोरी छिन्। रासस

प्रकाशित: १४ असार २०८२ ७:५९ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast