अर्घाखाँची- अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन्। शितगंगा नगरपालिका-६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर वादीको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
घटना घटाएर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १३ असार २०८२ १९:२२ | Friday, June 27, 2025
प्रतिक्रिया





