सत्ता गठबन्धनमा बेलाबेला असमझदारी देखिनु स्वाभाविक : सभापति देउवा

हिमाल प्रेस १३ असार २०८२ १२:१७ | Friday, June 27, 2025
सत्ता गठबन्धनमा बेलाबेला असमझदारी देखिनु स्वाभाविक : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र नेकपा एमालेसँग बेलाबेलामा देखिने असमझदारीलाई स्वाभाविक बताएका छन्।

शुक्रबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सत्ता साझेदार दलबीच फरक विचार हुनु सामान्य प्रक्रिया भएको बताए। ‘एमाले कांग्रेसभन्दा फरक दल हो, त्यसैले कहिलेकाहीं असमझदारी देखिनु स्वाभाविक हो,’ उनले भने, ‘तर सरकार आपसी सहमति अनुसार नै अघि बढिरहेको छ।’

उनका अनुसार सरकारका केही निर्णयमा फरक बुझाइ देखिनु आश्चर्यजनक विषय होइन। ‘सरकारको कामको व्याख्या फरक हुन सक्छ, तर त्यो आपसी छलफलबाट मिलाएर अगाडि बढ्न सकिन्छ,’ देउवाले भने।

सभापति देउवाले बजेटमा समावेश ‘टेक एन्ड पे’ प्रणालीबारे भने,‘कांग्रेसको आग्रहपछि नै सरकारले त्यो व्यवस्था हटाएको हो।’

उनले सरकारको निर्णयहरू साझा सहमतिमा आधारित भएको पुनः दोहोर्‍याउँदै गठबन्धनका दलहरूबीच निरन्तर समन्वय भइरहेको बताएका छन्।

प्रकाशित: १३ असार २०८२ १२:१७ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast