प्रधानन्यायाधीशले गरे सैनिक विशेष अदालतको निरीक्षण

हिमाल प्रेस १२ असार २०८२ १९:५४
24
SHARES
प्रधानन्यायाधीशले गरे सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार जंगीअड्डामा रहेको सैनिक विशेष अदालतको निरीक्षण गरेका छन्। सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा प्रधानन्यायाधीश राउतको नेतृत्वमा सैनिक विशेष अदालतको निरीक्षण भ्रमण भएको हो।

राउतले निरीक्षणको क्रममा अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी लिएका थिए। उनले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशनसमेत दिए। निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेललगायतको उपस्थिति थियो।

प्रकाशित: १२ असार २०८२ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast