विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई पक्राउ

हिमाल प्रेस १२ असार २०८२ १७:२४ | Thursday, June 26, 2025
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नविना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका-४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने,‘पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट ६ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो।’

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको आचार्यले बताए।

प्रकाशित: १२ असार २०८२ १७:२४ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast