सर्वोच्चका तीन प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ आइतबार

हिमाल प्रेस १२ असार २०८२ १३:३९ | Thursday, June 26, 2025
सर्वोच्चका तीन प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ आइतबार संसदीय सुनुवाई समिति। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन न्यायाधीशको संसदीय सुनुवाइ आगामी आइतबार हुने भएको छ। बिहीबार बसेको संसदीय सुनुवाइ समिति बैठकले न्याय परिषद्ले सिफारिस गरेका तीन जनालाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो।

न्याय परिषद्ले जेठ २७ गते वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

उनीहरूविरुद्ध हालसम्म सात वटा उजुरी परेका छन्। तीमध्ये मेघराज पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई–दुईवटा तथा शान्तिसिंह थापाविरुद्ध एउटा उजुरी परेको छ। बाँकी दुई उजुरी प्रक्रियासम्बन्धी रहेका छन्। उजुरीकर्ताहरूलाई समितिले आजै बयानका लागि बोलाएको छ।

सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित न्यायाधीशहरूको नियुक्ति राष्ट्रपति समक्ष सिफारिस गरिनेछ। राष्ट्रपतिबाट नियुक्तिपछि प्रधानन्यायाधीशले शपथ गराउने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित: १२ असार २०८२ १३:३९ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast