भिजिट भिसा समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ : गृहमन्त्री लेखक

हिमाल प्रेस १० असार २०८२ १२:११
16
SHARES
भिजिट भिसा समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणलाई अब दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठित छानबिन समितिले दीर्घकालीन नीति र कानुनी सुधारका लागि सिफारिस गर्ने जानकारी दिए।

‘समितिको सुझावको आधारमा सरकार नीतिगत तथा कानुनी मस्यौदा तयारीसहित सुधारका काम अघि बढाउनेछ,’ गृहमन्त्री लेखकले भने। सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बैरागी नेतृत्वको छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।

समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्। लेखकका अनुसार समिति तत्कालीन र दीर्घकालीन सन्दर्भमा सुधारका उपायहरू सुझाउनेछ। साथै, यो समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा कुनै असर नपर्ने गरी गठन गरिएको उनको भनाइ थियो।

प्रतिनिधिसभाको बैठक मंगलबार पौने १२ बजेदेखि सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक अवरुद्ध गरे। सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकलाई बोल्न समय दिएका थिए। त्यसपछि अन्य दलका सांसदलाई धारणा राख्न समय दिने उनले जानकारी गराएका छन्।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र स्वतन्त्र छानबिन समिति गठनको माग गर्दै वेल घेरेको छ।

प्रकाशित: १० असार २०८२ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast