फाइल तस्बिर।
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ३९, आलु रातो (मुडे) प्रतिकिलो ३८ कायम छ।
आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५०, गाजर (लोकल) प्रतिकिलो ७०, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ३५, काउली स्थानीय प्रतिकिलो १००, मूला रातो प्रतिकिलो ४५, सेतो मूला (लोकल) प्रतिकिलो ३० कायम भएको छ।

प्रकाशित: १० असार २०८२ ९:४७
प्रतिक्रिया



