रुकुमपश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

हिमाल प्रेस ९ असार २०८२ ११:०६
6
SHARES
रुकुमपश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

रुकुमपश्चिम- रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गणेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासि बेहोस भएका थिइन्। तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याएकामा चिकित्सकले गएराति नै मृत घोषणा गरेका थिए।

 

प्रकाशित: ९ असार २०८२ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast