विदुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

हिमाल प्रेस ९ असार २०८२ ७:२४ | Monday, June 23, 2025
विदुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

नुवाकोट- नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। पासाङल्हामु मार्गको वट्टार–विदुर सडकखण्डस्थित ब्यारेक खोल्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा प्र ०२०३३ प ९८०१ नं. को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा ६ प ५८२९ नं. को अर्को मोटठरसाइकल एक–आपसमा ठक्कर खाँदा तीन जना युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।

प्रकाशित: ९ असार २०८२ ७:२४ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast