मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

हिमाल प्रेस ८ असार २०८२ १५:४१
10
SHARES
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी– हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आइतबार दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कंकालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका–११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र को १० प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरूप नगरपालिका–१ बैरवा बस्ने वर्ष ३४ को ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो।

मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्युरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ।

त्यस्तै को १० प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै वर्ष ३० को सुभास महतो घाइते भएका छन्। उनलाई उपचारपछि घर पठाइएको र दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ८ असार २०८२ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast