टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

हिमाल प्रेस ८ असार २०८२ ६:५३
10
SHARES
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

रुपन्देही- रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ।

बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका-७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिपपरले शनिबार ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका ५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ का १८ वर्षीय शिवनाथ ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका-५ का १७ वर्षीय अमित यादव घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ असार २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast