पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

हिमाल प्रेस ६ असार २०८२ १९:२१ | Friday, June 20, 2025
पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ। श्रीवास्तव हाल बहादुरमाई नगरपालिका पर्सामा कार्यरत छन्।

विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट पक्राउ गरेको हो।

आयोगले उनीहरूबाट चार थान मोबाइलसमेत बरामद गरेको छ। यस्तै आयोगले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नं २ का सचिव ओमप्रकाश चौरसियाको साथबाट मोबाइल दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

प्रकाशित: ६ असार २०८२ १९:२१ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast