सहरमा आजः नाट्यमय थिएटर, हलमा हिन्दी फिल्मको वर्चश्व, पुस्तक विमोचन, फिल्म महोत्सव र सांस्कृतिक कार्यक्रम पनि

सुस्मिता बजगाईं ७ असार २०८२ ६:५५
108
SHARES
सहरमा आजः नाट्यमय थिएटर, हलमा हिन्दी फिल्मको वर्चश्व, पुस्तक विमोचन, फिल्म महोत्सव र सांस्कृतिक कार्यक्रम पनि

काठमाडौँ- आज असारको पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। यो साता नेपालमा तीन विदेशी फिल्म प्रदर्शनमा आएको छ। बलिउड फिल्म ‘कुबेरा’ हलिउडमा ‘एलियो’ र ‘२८ इयर्स लेटर्स’। यी बाहेक पनि हिन्दी, अंग्रेजी र नेपाली फिल्म चलिरहेकै छ।

त्यस्तै थिएटरमा ‘सिक रूम’, ‘हत्या’, ‘डल्ले खोला’, ‘मीरा’ र ‘मञ्जिरा’ गरी पाँच नाटक मञ्चनरत छ। अन्य चित्रकला प्रदर्शनी, पुस्तक विमोचन, फिल्म महोत्सव पनि चलिरहेको छ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

उपत्यकामा केके हुँदै छ त हेरौं,

ऋषिराम धमलाको उपन्यास ‘क्यारिन’ सार्वजनिकरण

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवनमा आज ऋषिराम धमलाको उपन्यास ‘क्यारिन’ सार्वजनिकरण हुँदैछ। दिउँसो १ बजे सुरु हुने कार्यक्रममा वक्ताको रूपमा अमर न्यौपाने, राजकुमार बानियाँ, दीपक सापकोटा, केकी अधिकारी र हेम प्रभास उपस्थित हुनेछन्। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्ति’ विमोचन

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आज झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्ति’ विमोचन हुँदैछ। दिउँसो २ बजे सुरू हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार माया ठकुरी उपस्थित हुनेछन्। साथै विशिष्ठ अतिथिमा गोविन्द गुरुङसहित कार्यक्रममा वक्ताहरूमासाहित्यकार महेश पौड्याल र अशोक थापा उपस्थित हुनेछन्। कार्यक्रम महेश क्षितिजले सञ्चालन गर्नेछन्। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।

आदीवासी जनजाति चलचित्र महोत्सव

चावहिलको सरस्वती नगरस्थित चलचित्र विकास बोर्डमा असार ६ देखि पाँचौं आदीवासी जनजाति चलचित्र महोत्सव चलिरहेको छ। भोलिसम्म चल्ने महोत्सवमा विभिन्न भाषाभाषिका १९ फिल्म प्रदर्शन गरिनेछ। महोत्सव आदीवासी जनजाति चलचित्र महासंघ र आदीवासी जनजाति फिल्मकर्मीले आयोजना गरेको हो।

बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम

विश्व संगीत दिवसको अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम हुँदैछ। थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्दन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले नै प्रस्तुति दिनेछन्। साथै थारू परिकारका स्टलसमेत रहनेछ। कार्यक्रम प्रवेश शुल्क एक हजार तोकिएको छ।

विपुल क्षेत्रीको कन्सर्ट

संगीत दिवसको अवसरमा गायक विपुल क्षेत्रीले आज एक्सओ क्लबमा कन्सर्ट हुँदैछन। गायक क्षेत्रीको ‘सिन्डिकेट’, ‘राम साइली’, ‘आशिष’, ‘कतै उसलाई’लगायत थुप्रै गीत चर्चित छ।

थिएटरमा कुनकुन नाटक?

काेसी(कथा घेरा) थिएटरमा ‘सिक रूम’

टेकुस्थित कौशी थिएटरमा असार ६ देखि नाटक ‘सिक रूम’ चलिरहेको छ। थिएटरको सातौं वाार्षिकोत्सवको अवसरमा मञ्चनरत नाटक आकांक्षा कार्कीको निर्देशनमा बनेको हो। राजिव जोसेफको नाटक ग्रुसम प्लेग्राउन्ड इन्जरिजको नेपाली रूपान्तरण हो। नाटक निर्देशक कार्कीले नै रूपान्तरण गरेकी हुन्। निर्देशक कार्कीसहित नाटकमा नूर खनाल, अभिषेक खड्का, आकांक्षा कार्की र सुदाम सिकेको अभिनय छ। यही २८ असारसम्म मञ्चन हुने नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः १५ बजे र शनिबार १ बजेको अतिरिक्त सो मञ्चन हुनेछ।

मण्डलामा ‘हत्या’

थापागाउँस्थित मण्डला थिएटरमा असार ५ देखि नाटक ‘हत्या चलिरहेको छ। नाटकको कथा ब्रिटिश लेखक प्याट्रिक ह्यामिल्टनको मनोवैज्ञानिक थ्रिलर कथा ‘रोप’ मा आधारित छ। नाटकको नेपाली रूपान्तरण तथा निर्देशन सुदीप तिमल्सिनाले गरेका हुन्। नाटकको कथा अपराधसँग सम्बन्धित मनोवैज्ञानिक थ्रिलर कथामा आधारित छ।

मण्डला थिएटरको ‘रि-याक्ट’ तेस्रो व्याचका विद्यार्थीहरूले अभिनय गरेका छन्। नाटकमा सोमराज यदुवंशी, प्रेमा लामगाडे, पौरख मर्दन बस्न्यात निकेश आचार्य, सागर तामाङ, सागर खड्का, कृष्ण कुमार यादव र विक्रान्त रेग्मीको अभिनय छ।
यही असार १५ सम्म मञ्चन हुने सोमबार बाहेक साताको प्रत्येक दिन अपरान्ह ४ बजे र शनिबार दिउँसो १२ बजे मञ्चन हुनेछ।

शिल्पी थिएटरमा ‘डल्ले खोला’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ मञ्चन भइरहेको छ। जेठ २९ देखि मञ्चनरत नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साँझ ५ः १५ बजे। रंगकर्मी वेदना राईको परिकल्पना र निर्देशनमा मञ्चन भएको हो। नाटकका लेखक कथाकार परशु प्रधान हुन्। नदी/खोलाको विषयमा पुल बनाउने बाहानामा भइरहेको राजनीति नाटकको मुख्य विषयवस्तु हो। यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश छ।

नाटकमा कलाकार उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईले अभिनय गरेका छन्।

एक थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्माता सौजन सेनेहाङ हुन्। मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ।

कान्तिपुर थिएटरमा ‘मीरा’

गैरीधारास्थित कान्तिपुर थिएटरमा जेठ १९ देखि नाटक ‘मीरा’ मञ्चन भइरहेको छ। नाटक मञ्चनको आज अन्तिम दिन हो। आज दुई सो हुँदैछ। नाटकमा मीरा र कृष्णको बाल्यकालदेखिको प्रेमकथा प्रस्तुत गरिएको छ। मीराको भूमिकामा अभिनेत्री रेखा थापा छिन् भने कृष्णको भूमिका विशाल देवकोटा। अभिनेत्री थापाको पहिलो नाटक हो। उनी नाटकको मुख्य भूमिकामा छिन्। अन्य कलाकार बिन्दा खतिवडा, विशाल देवकोटा, गीत बिस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काले अभिनय गरेका छन्। दीपक सिंजालीको उपन्यासमा आधारित नाटक सुन्दर धितालको परिकल्पना र निर्देशनमा बनेको छ।

मण्डलामा ‘मञ्जिरा’

मण्डला थिएटरमा जेठ १६ देखि नाटक ‘मञ्जिरा’ चलिरहेको छ। नाटकका लेखक सन्देश घिमिरे र सोमनाथ खनाल हुन्। सोमनाथकै परिकल्पना र निर्देशनमा बनेको नाटक आगामी असार ८ सम्म मञ्चन हुनेछ। नाटक जनयुद्धमा पीडित भएका युवतीको कथामा आधारित छ। नाटकले ती युवतीको अवस्था र उनले खोज्ने न्यायलाई समेट्न खोजेको छ। मञ्चमा कलाकार सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, सुशाङ्क मैनाली र अनुप न्यौपान देखिनेछन्। नाटकको आज दुई सो छ, बेलुका ५ : १५ बजे र दिउँसो १ बजे।

हलमा  कुन कुन फिल्म?

कुबेरा

दक्षिण भारतीय फिल्म ‘कुबेरा’ असार ६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निदेशक शेखर कममुला हुन्। थ्रिलर, क्राइम र ड्रामा जनरामा बनेको फिल्ममा धनुष, नागार्जुन अक्किनेनी, रश्मिका मन्दनालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको १४ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल र सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

हाउसफूल ५

हिन्दी फिल्म ‘हाउसफूल ५’ जेठ २३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अक्षय कुमार, रितेश दृेशमुख, अभिषेक बच्चन, सञ्जय दत्तलगायत कलाकार छन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक तरुन मन्सुखानी हुन्।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल सिटी स्क्वायर मलमा फिल्मको ९ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी सिनेमाज, बिएसआर मुभिजमा ‘हाउसफूल ५’ चलिरहेको अन्य हल हुन्।

एलियो

हलिउड फिल्म ‘एलियो’ यही असार ६ देखि नेपालमा प्रदर्शनरत छ। कमेडी एडभेञ्चर जनरामा बनेको फिल्मका निर्देशक एड्रियन मोलिना, मेडलिन शराफियन र डेमी शि हुन्। फिल्ममा योनास किब्रेब, जो साल्डाना, ब्राड ग्यारेटलगायतको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ९ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति हल हलिउड फिल्म ‘एलियो’ चलिरहेको अन्य हल हुन्।

२८ इयर्स लेटर्स

हलिउड फिल्म ‘२८ इयर्स लेटर्स’ पनि असार ६ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। हरर थ्रिलर जनरामा बनेको फिल्ममा ज्याक ओकोनेल, राल्फ फिएनेस, आरोन टेलर-जोनसनलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक ड्यानी बोयल हुन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको १९ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिके सिनेमाज, एफक्युब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति हलमा फिल्म ‘२८ इयर्स लेटर्स’ प्रदर्शनरत छ।

फ्रम द वल्ड्र अफ जोन विकः ब्यालेरिना

हलिउड फिल्म ‘ब्यालेरिना’ यही जेठ ३० देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक लेन वाइजम्यान हुन्। फिल्ममा एना डे आर्मास केनु रिभ्सइयान, म्याकशेनलगाय कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम फिल्मको ४ सो छ। बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज फिल्म ‘फ्रम द वल्ड्र अफ जोन विकः ब्यालेरिना’ चलिरहेको अन्य हल हुन्।

हाउ टु ट्रेन योर ड्रागन

हलिउड फिल्म ‘हाउ टु ट्रेन योर ड्रागन’ पनि जेठ ३० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्ममा मेसन थेक्स, निको पार्कर, जेरार्ड बटलर, निक फ्रस्टलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक डीन डेब्लोइस हुन्।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल, दरबार, सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको १३ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शन भइरहेको छ।

महाभोज

यही जेठ ३० देखि हलमा ‘महाभोज’ फिल्म प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक दिनेश राउत हुन्। सरकारी पीडितको कथामा बनेको फिल्म सोसल ड्रामा जनरामा बनेको छ। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मलमा फिल्मको २ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म ‘महाभोज चलिरहेको छ।

ऊनको स्वीटर

वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। फिल्मले १० करोडभन्दा माथिको व्यापार गरिसकेको छ। प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको ८ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ।

अञ्जिला

फिल्म ‘अञ्जिला’ क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिटी स्क्वायर मलमा एकल सोसहित प्रदर्शन भइरहेको छ। फिल्मले १२ करोडभन्दा बढी व्यापार गरिसकेको छ। फिल्मको कथा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ। उनको घरबाट बाहिर निस्कनेदेखि कप्तान बन्नेसम्मको यात्रालाई फिल्ममा देखाइएको छ।
एञ्जिला स्वयंको अभिनय रहेको फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकार छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्।

लाज शरणम्

गतवर्ष फागुन १४ देखि प्रदर्शन भएको फिल्म ‘लाज शरणम्’ रञ्जना सिनेप्लेक्समा एकल सोसहित चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।

प्रकाशित: ७ असार २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast