एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्ने सहमति

हिमाल प्रेस ५ असार २०८२ १८:०० | Thursday, June 19, 2025
एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्ने सहमति

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोवापर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न सम्झौता भएको छ। आयोजनामा १३६ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको हो।

समझदारीपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित यो परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रबद्धित परियोजना हो। दुई वर्षभित्र परियोजना सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको एभरेष्ट बैंकले जनाएको छ।

आयोजनाबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ। यस परियोजनाका लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावरबीच विद्युत खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ। परियोजनाबाट वार्षिक ४४.४६३ मेगावाट आवर विद्युत उत्पादन हुनेछ।

पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापित रहेको एभरेष्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन् भने देशैभरी १३२ शाखा सञ्जाल, चार एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६७ एटीएम रहेका छन्।

यो बैंकले भारतको नयाँदिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ५ असार २०८२ १८:०० | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast