सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी

हिमाल प्रेस ५ असार २०८२ १६:४९ | Thursday, June 19, 2025
सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी सांसद मेटमणि चौधरी। फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरुद्ध चेक अनादरको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ।

नेपाल प्रहरीका अनुसार बुधबार हुलाकमार्फत प्राप्त उक्त जाहेरीमा एभरेस्ट बैंकको ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको उल्लेख गरिएको छ।

रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले चेक अनादरसम्बन्धी जाहेरी आएको पुष्टि गर्दै अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए। ‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ,यसबारे छलफल भइरहेको छ,’ एसपी तिमिल्सिनाले भने।

प्रहरीले जाहेरीलाई आधिकारिक रूपमा सनाखत गर्न जाहेरवालालाई बोलाएको छ।  चौधरी गत आमनिर्वाचनमा दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

प्रकाशित: ५ असार २०८२ १६:४९ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast