अन्य वैकल्पिक शक्तिसँग सहकार्यको पहल गर्ने नेसपा नयाँ शक्तिको निर्णय

हिमाल प्रेस ५ असार २०८२ १५:०१ | Thursday, June 19, 2025
अन्य वैकल्पिक शक्तिसँग सहकार्यको पहल गर्ने नेसपा नयाँ शक्तिको निर्णय

काठमाडौँ- विद्यमान राजनीतिक गत्यारोथ र नागरिक तहमा बढ्दो राजनीतिक वितृष्णाको समाधान खोज्ने उद्देश्यसहित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को राजनीतिक संवाद समिति बैठक बसेको छ।

पार्टी केन्द्रीय कार्यालय, तीनकुनेमा बिहीबार पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको उपस्थितिमा बसेको बैठकले मुलुकमा नयाँ वैकल्पिक राजनीतिक विकल्प निर्माणका लागि संवाद र सहकार्यको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

बैठकले नयाँ, वैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक चरित्रका राजनीतिक दल, समूह वा व्यक्तिहरूसँग संवाद र सहकार्यको पहल गर्ने र त्यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पार्टीको तयारी रहेको जनाएको छ।

पार्टीले यथास्थितिप्रति जनस्तरमा बढ्दो असन्तुष्टि र विकल्पप्रतिको अपेक्षालाई गम्भीरतापूर्वक लिँदै वैकल्पिक धारा निर्माणमा अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ।

संवाद समितिको बैठकमार्फत अब सहकार्यका सम्भावित ढोका खोल्दै देशभर व्यापक संवाद अभियान सञ्चालन गर्ने तयारी भएको बताइएको छ।

बैठकमा उपाध्यक्षहरू दुर्गा सोब, मानुषी यमी भट्टराई, महासचिव सोनामसिं स्याङतान र जीएस गुरुङको सहभागिता थियो।

प्रकाशित: ५ असार २०८२ १५:०१ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast