
काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-७ बस्ने दाङको घोराही उपमहानगरपालिका-१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखाको धार्चे गाउँपालिका-५ घर भएका ३७ वर्षीय सुरेश गुरुङ रहेका छन्।
पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ६ लाख र सुरेशले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ४ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौँ-७ बाट बुधबार र सुरेशलाई काठमाडौँ -२६ बाट मंगलबार पक्राउ गरेको हो।
प्रकाशित: ५ असार २०८२ १२:३०
प्रतिक्रिया