निलम्बन आदेश रोकिएपछि पाण्डे फेरि कार्यकक्षमा

हिमाल प्रेस ५ असार २०८२ ११:५६ | Thursday, June 19, 2025
निलम्बन आदेश रोकिएपछि पाण्डे फेरि कार्यकक्षमा

काठमाडौँ- काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार नियमित कार्यालय समयमा कार्यकक्ष पुगेका छन्। उच्च अदालत पाटनले उनलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको एक दिनपछि पाण्डेले पुनः कार्यालय हाजिर भएका हुन्।

बुधबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।

अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म पाण्डेलाई महानगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो।

सार्वजनिक सेवामा निलम्बनको विषयले चर्चा पाएको सन्दर्भमा अदालतको आदेशपछि पाण्डेले पुनः पदभार सम्हालेका हुन्। आदेशअनुसार अब उनले नियमित रूपमा महानगर प्रहरी बलको जिम्मेवारी निर्वाह गर्न पाउनेछन्।

प्रकाशित: ५ असार २०८२ ११:५६ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast