विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

हिमाल प्रेस ५ असार २०८२ ९:३७
6
SHARES
विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी- बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’ सम्बन्धी सिकाइएको छ। बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौँ, हामी गर्छौं कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘वायरिङ’ गर्ने सीप सिकाइएको हो।

बीस दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएका प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए। बेनीका अर्जुन ढुंगानाले घर तथा भवनमा विद्युत् जडानसम्बन्धी सैद्धान्तिक र व्यावहारिक विषयमा सहजीकरण गरेको थियो।

तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे। तालिममा सिकेको आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सहयोग पुग्ने उनले बताए।

विद्यालय समय सकिएपछि हरेक अपराह्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौँ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई एक÷एक लाख रुपैयाँका दरले १६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।

बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको नगर प्रमुख सुरत केसीले बताए।

प्रकाशित: ५ असार २०८२ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast